३० असार २०८२, सोमबार | Tue Jul 15 2025


इन्जिनियर्स एसोसिएसनको मतदान सकियो, पार्टीनिकटकै प्यानल मैदानमा


0
Shares

काठमाडौं, भदौ ३१ । देशभरका इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शुक्रबार देशभर एकैसाथ मतदान सम्पन्न भएको छ ।

नयाँ नेतृत्व चयनका लागि विभिन्न पार्टीनिकट पाँचओटा प्यानल चुनावी मैदानमा रहेका छन् ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा प्रतिपक्षी नेकपा एमाले, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टीनिकटका इन्जिनियरहरुले छुट्टा–छुट्टै प्यानल खडा गरेका छन् ।

कांग्रेसनिकट प्यानलको नेतृत्वमा हरेराम श्रेष्ठ, एमालेनिकटको प्रगतिशील पेशागत समूहको नेतृत्वमा सुमित्रा अमात्य, माओवादी केन्द्रनिकटको तर्फबाट जगत श्रेष्ठ, नयाँ शक्तिनिकटबाट लक्ष्मी देवकोटा तथा नेपाल मजदुर किसान पार्टीनिकटका तर्फबाट रविन्द्र कोँजुको नेतृत्वमा छुट्टा–छुट्टै प्यानल खडा गरिएको हो ।

काठमाडौं केन्द्रको मतदानमा करिब ५ हजार ५ सय हजार मत खसेको बताइएको छ ।

उपत्यकाबाहिर पोखरा, विराटनगर, वीरगन्ज, हेटौंडा, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढीलगायतका स्थानमा पनि मतदान भएको छ ।

मतगणना शुक्रबारै रातिदेखि सुरु हुने प्रमुख मतदान अधिकृत चेतनाथ पाण्डेले जानकारी दिए ।