महिला संघमा देउवा-सिटौला प्यानल विजयी, कसले कति मत पाए ? • Image Khabar Image Khabar


महिला संघमा देउवा-सिटौला प्यानल विजयी, कसले कति मत पाए ?


Imagekhabar
१ आश्विन २०७३, शनिबार १४:३२

महिला संघमा देउवा-सिटौला प्यानल विजयी, कसले कति मत पाए ?

काठमाडौं,असोज १ । नेपाल महिला संघको अध्यक्षमा उमा रेग्मी विजयी भएकी छन् । नेतृत्वका लागि शुक्रबार भएको मतदानमा उनले आफ्ना प्रतिस्पर्धी मीना पाण्डेलाई हराएकी हुन् ।

संघमा सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाको संयुक्त प्यानल विजयी भएको हो । कुल ५६ जनाको लागि भएको निर्वाचनमा अध्यक्ष उमा रेग्मी र महासचिव धना खतिवडाको प्यानलनै विजयी भएको छ ।

अध्यक्षमा रेग्मीले ९९८ र प्रत्यासी मिना पाण्डेले ७९६ मत ल्याउनु भएको छ । महासचिवमा विजयी धना खतिवडाले ९६८ र प्रत्यासी गोमा केसीले ७७६ मत लाएकी छन् ।

कोषाध्यक्षमा जानकी सिंह विजयी भएकी छन् । विजयी हुनेमा देउवा पक्षको ३३ र सिटौला समूहका २३ जना निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसको भ्रातृ संस्थामा देउवा–सिटौलाको संयक्त प्यानलको यो दोस्रो जीत हो । यसअघि नेविसंघमा पनि देउवा–सिटौला प्यानलकै वर्चस्व भएको थियो ।

काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रबार दिनभर भएको मतदानमा १८१४ मत खसेको थियो । दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा ५६ पदका लागि १३३ को उम्मेदवारी परेको थियो ।

list2

matdann

प्रतिक्रिया दिनुहोस्