काठमाडौं, असोज ११ । व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत साना दलले विगतको जिविसको इलाकाका आधारमा स्थानीय निकायको पुनःसंरचना गर्नु संविधानविपरीत हुने जनाएका छन् । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले सभामुखसँग समय मागेर ‘तीन दलबीच विगतको इलाका (९२७) लाई आधारमा बनाउनेबारे सहमति भएको भन्ने कुरा समाचारबाट थाहा भएको’ बताउँदै ‘त्यस्तो सहमति भएको हो…