Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


कृषि तथा जलस्रोत समितिको सभापतिका लागि असोज १५ गते निर्वाचन, लेखाको टुंगो लागेन


0
Shares

काठमाडौं, असोज १० । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको सभापति चयनका लागि यही असोज १५ गते निर्वाचन हुने भएको छ ।

सभामुख ओनसरी घर्तीको आह्वानमा सोमबार बसेको प्रमुख दलहरुको बैठकले समितिको सभापति चयनका लागि १५ गतेको मिति तय गरेको हो ।

बैठकले १५ गते अपराह्न ५ बजे चुनाव गर्ने निर्णय गरेको छ ।

समितिका सभापति गगन थापा स्वास्थ्यमन्त्री भएपछि समिति नेतृत्वविहीन भएको थियो ।

त्यसैगरी, लेखा समितिको सभापति चयनकाबारे भने सोमबार कुनै निर्णय भएको छैन । यसबारे छलफल गर्न १३ गते बैठक बोलाइएको छ ।

लेखा समितिका तत्कालीन सभापति जनार्दन शर्मा उर्जामन्त्री भएपछि यो पद पनि रिक्त छ ।

छलफलमा सभामुख घर्तीले संसदीय सुनुवाइ विशेष समितिलाई पनि पूर्णता दिन आग्रह गरेकी छन् ।

समितिका सदस्यहरु बालकृष्ण खाँड, प्रकाशशरण महत, हितराज पाण्डे मन्त्री भएका छन् ।

Skip This