Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रधानमन्त्रीले आज मधेसी मोर्चासँग छलफल गर्ने


0
Shares

काठमाडौं, असोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग आज छलफल गर्ने भएका छन् ।

संविधान संशोधनमा सरकार उदासिन भएको आरोप मोर्चाले लगाएपछि प्रधानमन्त्रीले आज बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चाका नेताहरुलाई संविधान संशोधनका लागि सरकारले गरिरहरको प्रयासका बारेमा जानकारी दिने बताइएको छ ।

यसअघि हिजो बसेको मोर्चाको बैठकले संविधान संशोधनका विषयमा बाहिर प्रचार गरिए जस्तो प्रगति नभएको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई भेटेर अन्तिम धारणा माग्ने निर्णय गरेको थियो ।

Skip This