Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


गृहमन्त्री निधिबाट पूर्वगृहमन्त्री घिमिरेको जीप दुर्घटनास्थलको निरीक्षण


0
Shares

चितवन, असोज ११ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप दुर्घटनास्थलको आज निरीक्षण गरेका छन् ।

गृहसचिव लोकदर्शन रेग्मी, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीसहित पुगेका गृहमन्त्री निधिले सबै प्रविधिको प्रयोग गरेर बेपत्ता घिमिरेको खोजी गर्न निर्देशन दिए ।

उनले सबै सुरक्षा निकायलाई खोजीमा अहोरात्र खटिनसमेत निर्देशन दिए । गृहमन्त्री निधिले खोजी कार्यका लागि कुनै सामान अपुग भए विदेशबाट मगाउन सरकार तयार रहेको बताए ।

गोताखोर टोली, विशेषज्ञ प्राविधिक टोली खोजीमा दिनरात खटिएको भन्दै उनले आवश्यक सहयोग गर्न सरकार जुनसुकै समयमा तयार रहेको बचन दिए ।

बेपत्ता घिमिरेको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी पाँच सयभन्दा बढी खटिएका छन् ।

मुस्ताङमा बाबुको सोह्रश्राद्ध गरेर फर्कंदै गरेका घिमिरे र उनको परिवार चढेको जीप आइतबार त्रिशुलीमा खसेको थियो ।

दुर्घटनामा घिमिरेकी आमासहित तीन जनाको मृत्यु भएको थियो । घटनामा परेका तीन जना अझै बेपत्ता छन् ।

Skip This