काठमाडौं, कात्तिक ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव आजकै संसद् बैठकमा पेश हुने भएको छ । संसद्को आज दिउँसो १ बजे बैठकमा महाअभियोग प्रस्ताव पेश गर्ने तयारी छ । बैठकको सुरुमै सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने र आजै अर्को बैठक बोलाएर…