Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


ब्रिक्स सम्मेलनमा नेपालको सहभागिता उत्साहजनकः प्रधानमन्त्री


0
Shares

काठमाडौं, कात्तिक ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स सम्मेलनमा नेपालको सहभागिता उत्साहजनक र फलदायी भएको जानकारी पार्टी गराएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आज पार्टीको संसदीय दलको बैठकमा ब्रिक्स सम्मेलनबारे जानकारी गराउँदै भारत, चीनलगायतका छिमेकी देशका सरकार तथा राष्ट्रप्रमुख सँगको भेट र छलफलका कारण भ्रमण उपलब्धीपूर्ण भएको बताएका हुन् ।

बैठकमा सहभागी उर्जा मन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार प्रधानमन्त्रीले भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा आफूले देशको तर्फबाट प्रस्तुत गरेको एजेन्डा तथा भेटघाटका विषयमा आज पार्टीलाई जानकारी गराएको बताए ।

प्रधानमन्त्री दाहालले ब्रिक्स सम्मेलनका क्रममा भएका भेटघाट र त्रिपक्षीय छलफलका कतिपय विषयमा नकारात्मक टिक्का टिप्पणी चलेको भन्दै आज संसद्मा सम्बोधन गरेर त्यसको जवाफ दिने जानकारी पनि मन्त्री शर्माले दिए ।

Skip This