काठमाडौं, कात्तिक ४ । नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेससँग छलफल गरेपछि मात्र निर्णय लिने भएको छ ।
माओवादी केन्द्रको बिहीबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकमा प्रमुख सत्ता साझेदार दल कांग्रेस र सभामुख ओनसरी घर्तीसँग परामर्श गरेर मात्र अगाडि बढ्ने निर्णय गरेको हो ।
एमालेका सांसदसँग मिलेर संसद्मा दर्ता गराएको महाअभियोग प्रस्तावलाई कुन प्रक्रियाबाट अगाडि बढाउने भन्ने विषयमा बैठकमा टुंगो लाग्न नसकेको माओवादीकी प्रवक्ता पम्फा भुसालले बताए ।
बैठकले प्रधानमन्त्री दाहालको गोहा भ्रमण अत्यन्त उपलब्धिमूलक भएको निष्कर्ष पनि निकालेको छ ।









प्रतिक्रिया दिनुहोस्