Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै


0
Shares

काठमाडौं, कात्तिक ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार)बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

संविधान संशोधन र स्थानीय तह निर्धारणको विषयमा मतमतान्तर बढिरहेका बेला कांग्रेस बैठक बस्न लागेको हो ।

संविधान संशोधनका विषयमा पार्टीभित्र एकमत बनाई अरु दलसँग सहमतिका लागि समन्वय गर्ने विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

त्यसैगरी गाउँपालिका र नगरपालिकाको सीमा र संख्या निर्वाचनका विषयमा पनि बैठकमा छलफल हुने छ । बैठकले स्थानीय तहको निर्वाचनका बारेमा पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्ने बताइएको छ ।

Skip This