हजारौंको सहभागिता रहेको विरोधजुुलुस राजधानीका विभिन्न स्थानबाट निकालिएको थियो । सहरका विभिन्न भागको परिक्रमापछि जुलुसहरु भृकुटीमन्डपमा आमसभामा परिणत भएका थिए । विरोधसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाट राष्ट्रहितविपरीतका कुनैपनि प्रस्ताव पारित हुन नदिने अडान दोहोर्याए । देश बचाउनका लागि राजधानी जागिसकेको भन्दै उनले यो जागरणलाई अब देशव्यापीरुपमा अघि बढाउने उद्घोष पनि गरे…