
राजधानीका विभिन्न स्थानबाट निकालिएका जुलुसहरु भृकुटीमन्डपमा पुगेर आमसभामा परिणत भएको छ ।
विरोधसभालाई संविधान संशोधनको विपक्षमा रहेका ९ दलका नेताहरुले सम्बोधन गर्नेक्रम चलिरहेको छ ।
सभालाई सम्बोधन गर्ने नेताहरुले संशोधन विधेयक कुनै हालतमा पारित हुन नदिने अडान दोहोर्याएका छन् ।
प्रदर्शनको नेतृत्व एमालेले गरेको छ भने नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी र मधेस समता पार्टीले साथ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्