देशलाई विखन्डन हुन नदिन आन्दोलन : बामदेव « Image Khabar


देशलाई विखन्डन हुन नदिन आन्दोलन : बामदेव


Imagekhabar
२१ पुष २०७३, बिहीबार १४:५४

                                                                                       फाइल फोटो
जनप्रदर्शनका लागि परिचालित स्वयंसेवकहरुलाई विहीबार पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा उनले अनुशासित र चनाखो भएर काम गर्न निर्देशन दिए ।

अभद्र तथा उच्छृंखल गतिविधिमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र शानदार ढंगले सम्पन्न गर्न उनले आग्रह गरे ।

जनप्रदर्शन अपराह्न १ बजे रत्नपार्कबाट सुरु हुनेछ । त्यसभन्दा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउने एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ ।

सभालाई ९ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ । रासस

 

प्रतिक्रिया दिनुहोस्