२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेशको सिमाना हेरफेर नेपालीको माग होइन : ओली


0
Shares

                                                                                   फाइल फोटो
संविधान संशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते एमालेसहित ९ दलले काठमाडौैंमा गर्ने जनप्रदर्शनका सन्दर्भमा प्रेस चौतारी नेपालले विहीबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले सरकारले स्वेच्छाचारी ढंगले सो प्रस्ताव ल्याएको आरोप लगाए ।

‘संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितमा छैन । अन्यत्रका केही प्रायोजित माग यसमा छन् । त्यो माग समस्या समाधानमाभन्दा पनि समस्या बल्झाउने प्रकारको छ’–ओलीले भने–‘संविधानको कार्यान्वयनका लागि विभिन्न तहको निर्वाचन गराउनु यतिबेलाको आवश्यकता हो ।’

अध्यक्ष ओलीले राष्ट्रिय एकता, स्वाभिमान र सामाजिक न्याय, समानता, सद्भाव तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा सम्झौता हुन सक्दैन भन्दै साम्प्रदायिक विद्वेष, क्षेत्रीय तथा जातीय विद्वष आजको आधुनिक नेपालमा स्वीकार्य नहुने उल्लेख गरे ।

संविधान संशोधनबारे सर्वाेच्च अदालतको फैसला पनि प्रदेशसभा नबनी सिमाना हेरफेर गर्न नसक्ने पक्षमा आएकाले आफूहरुले लिएको अडान र विश्लेषण सही स्थापित भएको तर्क गर्दै अध्यक्ष ओलीले संसदमा संशोधनको प्रस्ताव पारित हुन नदिने जनाए ।

प्राधिकरणका प्रमुख हटाएकामा विरोध
अध्यक्ष ओलीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले हटाएकामा आपत्ति जनाए ।

उनले सरकारले भूकम्पपीडितको पुनःनिर्माणका लागि खासै काम नगरेको, प्राधिकरणलाई स्वायत्त हुन तथा आवश्यक कर्मचारी र बजेट नदिएर उल्टै प्रमुखलाई पदमुक्तको अनुचित निर्णय गरेको आरोप लगाए । रासस