Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सल्यानमा स्थानीय तह निर्वाचनमा असहयोग गर्ने १६ कांग्रेस नेता कारबाहीमा

हालै सम्पन्न स्थानीय तहको चुनावमा पार्टीलाई अन्तरघात गरेको भन्दै नेपाली कांग्रेस सल्यानले १६ जना आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा महाधिवेशन प्रतिनिधिदेखि नगर सभापतिसम्म रहेका छन् । नेपाली कांग्रेसले छत्रेश्वरी गाउँपालिकाबाट केशबहादुर विष्ट, डम्बर खत्री र दीपेन्द्र कुँवरलाई नेपाली कांग्रेसको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेपाली कांग्रेस सल्यानले जनाएको छ…