संसद बैठक तीन बजेसम्मका लागि स्थगित, प्रधानमन्त्री चयन प्रक्रिया अन्यौलमा « Image Khabar


संसद बैठक तीन बजेसम्मका लागि स्थगित, प्रधानमन्त्री चयन प्रक्रिया अन्यौलमा


Imagekhabar
२१ जेष्ठ २०७४, आईतवार १२:२८

दलहरुबीच सहमति जुटाउन भन्दै बैठक स्थगित गरिएको हो । नयाँ प्रधानमन्त्री चयन गर्न भन्दै संसद् बैठक आज ११ बजेका लागि बोलाइएको थियो । तर संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न नदिने अडान राखेपछि दलहरुबीच सहमति जुट्न नसक्दा बैठक नै दिउँसोसम्मका लागि सारिएको छ ।

संसद् सुचारु हुन नदिने एमालेको अडानपछि प्रधानमन्त्री चयन प्रक्रिया अनिश्चित भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संसद् सचिवालयले प्रधानमन्त्री चयन प्रक्रिया शुरु गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्ने भएपछि प्रधानमन्त्री चयन अनिश्चित बनेको हो ।

मुलुकको ४० औं प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।

संसद् सचिवालयले प्रधानमन्त्री चयनका लागि मतदान गर्ने कार्यतालिका आजका लागि राखे पनि एमालेको अवरोध नहट्ने संकेत देखिएपछि प्रक्रिया कसरी अगाडि बढाउने भन्नेमा सभामुख ओनसरी घर्ती अन्योलमा परेकी छन् ।

प्रतिक्रिया दिनुहोस्