२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रधानमन्त्री चयन मंगलबार हुने, समाजवादी फोरमले देउवालाई सघाउने


0
Shares

राजनीतिक दलहरुबीच सहमति खोजी मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सञ्चालन हुने जनाइएको छ ।

यता, सङ्घीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएको छ ।

उक्त दलको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री निर्वाचनमा देउवाको पक्षमा मतदान निर्णय गरेको हो ।

सभापति देउवाले सरकार गठनपछि संविधान संशोधनलगायत विषयलाई समाधान गर्ने प्रतिबद्धता जनाएकाले आफ्नो दलले समर्थन गर्ने निर्णय गरेको समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राससलाई जानकारी दिए ।

“हाम्रा मुद्दालाई समाधान गर्ने प्रतिबद्धताअनुसार मुलुकको ४० औँ प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवालाई मतदान गर्ने निर्णय गरेका छौँ, सरकारमा सहभागिता जनाउनेबारे परिस्थिति हेरेर उचित समयमा निर्णय गरिन्छ”,उनले भने । फोरमसँग हाल व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने १५ सांसद छन् । रासस