
फाइल फोटो
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा राजपाका अध्यक्षमन्डलका शीर्ष नेताहरुलाई बोलाएर देउवाले आफ्नो समर्थनका लागि लिखित आग्रह गरेका हुन् ।
आफ्नो पक्षमा बहुमत जुटाउन सभापति देउवाले अन्य साना दलसँग पनि लिखित आग्रह गरेका छन् ।
यसैक्रममा संसदमा २४ सिट रहेको विभिन्न ६ ओटा मधेसी दल एकीकृत भएर बनेको राजपा नेपालसँग सरकारलाई समर्थन गर्न आग्रह गरे ।
सभापति देउवाले आफ्नो नेतृत्वमा बन्ने सरकारको समर्थनका लागि आइतबार हुने निर्वाचनमा मतदान गर्न लिखितरुपमा आग्रह गरेको राजपाका अध्यक्षमन्डलका सदस्य शरत्सिंह भण्डारीले राससलाई जानकारी दिए ।
‘आइतबार बस्ने बैठकले समर्थन गर्ने या नगर्नेबारे निर्णय गर्नेछ’–उनले भने । रासस
प्रतिक्रिया दिनुहोस्