१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सल्यानमा स्थानीय तह निर्वाचनमा असहयोग गर्ने १६ कांग्रेस नेता कारबाहीमा


0
Shares

हालै सम्पन्न स्थानीय तहको चुनावमा पार्टीलाई अन्तरघात गरेको भन्दै नेपाली कांग्रेस सल्यानले १६ जना आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा महाधिवेशन प्रतिनिधिदेखि नगर सभापतिसम्म रहेका छन् ।

नेपाली कांग्रेसले छत्रेश्वरी गाउँपालिकाबाट केशबहादुर विष्ट, डम्बर खत्री र दीपेन्द्र कुँवरलाई नेपाली कांग्रेसको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेपाली कांग्रेस सल्यानले जनाएको छ ।

यस्तै, कपुरकोट गाउँपालिकाबाट विष्णु शर्मा, खड्क केसी, शारदा नगरपालिकाबाट तुल्सीराम बस्नेत, टोपबहादुर मल्ल र सावित्रा राईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।

कांग्रेसले पार्टीलाई असहयोग गरेको भन्दै पाँचजना नेतालाई १५ दिने स्पष्टीकरण सोध्ने भएको छ । स्पष्टीकरण सोधिनेमा पूर्वजिल्ला कार्यसमिति सदस्य, ध्रुव श्रेष्ठ र शारदा नगरपालिकाका नगर सभापति सचेत शाह रहेका छन् ।

यस्तै, कांग्रेसले महाधिवेशन प्रतिनिधि श्यामनारायण रेग्मी, टीकाराम केसी र धु्रव श्रेष्ठलाई पनि १५ दिने स्पष्टीकरण सोध्ने तथा चित्तबुझ्दो जवाफ नआए कारबाही गरिने जनाइएको छ ।

यसअघि नेकपा एमालेले पनि पार्टीभित्र अन्तरघात गरेको भन्दै २० जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको थियो । रासस