शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राजसंस्था तथा पूर्णसमानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्न मागसमेत गरेको हो । राप्रपाले सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन असोज २१ गते जिल्ला सदरमुकामहरुमा जुलुस र सभा गर्ने तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने पनि जनाएको छ ।