पार्टी केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले प्रत्येक क्षेत्रबाट छुट्टाछुट्टै प्रत्यक्ष र समानुपातिकतर्फ महिलासहित बढीमा तीन/तीनजना सिफारिस गर्न निर्देशन दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनोटलाई ध्यानमा राखी दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम सिफारिस गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।…