Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


धनुषामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, तीनजना घाइते


0
Shares

कांग्रेसका मेयर पदका उम्मेदवार परमेश्वर यादवलाई पिछा गर्नेक्रममा एमाले कार्यकर्ताहरुले उनी घर प्रवेश गर्नासाथ तोडफोड गरेका हुन् ।

तोडफोडबाट यादवको घरका सिसा र ढोका फुटेका छन् भने यादव पनि सामान्य घाइते भएका छन् ।

सोक्रममा झडप हुँदा एमालेका तीनजना कार्यकर्तासमेत घाइते भएका छन् । जसमा एमाले कार्यकर्ता इन्द्रदेव पासवानको अवस्था गम्भीर छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

डकैती शैलीबाट एमाले कार्यकर्ताहरुले कांग्रेस उम्मेदवारको घरमा तोडफोड गर्दासमेत प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै कांग्रेस नेता विमलेन्द्र निधिले आक्रोश व्यक्त गरे ।

यस्तै, एमाले नेता रघुवीर महासेठले सामान्य घटनालाई कांग्रेसले राजनीतिकरण गरेको आरोप लगाए ।

उता, २ नम्बर प्रदेशका प्रहरी प्रमुख विजयलाल कायस्थले भने सामान्य घटनालाई पार्टीहरुले राजनीतिक रङ दिएको बताए ।

 

Skip This