उनले भने–‘माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेसको अधिकारका पक्षमा लड्ने पार्टी हो भन्ने क्रमशः स्थापित भएको छ ।’ अध्यक्ष दाहालले मंगलबार आफ्नै निवास लाजिम्पाटमा राष्ट्रिय जनता पार्टी नेपाल आबद्ध युवा नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै माओवादी नै देशको हित र मधेसीको अधिकार चाहने शक्ति भएको जनताले बुझ्दै गएको धारणा व्यक्त गरे…