उनले राष्ट्रियसभा गठन नभएसम्म संसद पूर्ण नहुने पनि स्पस्ट पारे । तनहुँ क्षेत्र नम्बर–१ मा सोमबार आयोजित एक कार्यक्रममा पौडेलले भने–‘नेपाली कांग्रेसले हरेक संक्रमणकाललाई व्यवस्थित गरेको छ । संविधान, कानुन र प्रक्रिया बेगर जथाभावी कांग्रेसजस्तो जिम्मेवार पार्टी मुलुकलाई अलपत्र छोडेर हिँड्दैन । कानुन र विधानमा व्यवस्था भएअनुसार नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कांग्रेस तयार छ…