Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


वाम गठबन्धनद्वारा प्रधानमन्त्री देउवालाई जनमतको अपमान नगर्न आग्रह


0
Shares

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनले निर्वाचनमा ठूलो जित हासिल गरिसकेको अवस्थामा नयाँ सरकार गठनलगायतका विषयमा सहयोगीको भूमिका खेल्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् ।

सरकार काम चलाऊ बनिसकेकाले सानातिना नियुक्ति गर्ने र राष्ट्रिय सभा गठनको बखेडा झिकेर समय लम्ब्याउने काम नगर्न उनीहरुले सुझाव दिए ।

ओली र दाहाल दुवैले नेपाली कांग्रेसको मागअनुसार एकल संक्रमणीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन गर्नु संविधान विपरित हुने धारणा राखे ।