Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


राष्ट्रियसभा गठन नभएसम्म कांग्रेसले सरकार छोड्दैन : पौडेल


0
Shares

उनले राष्ट्रियसभा गठन नभएसम्म संसद पूर्ण नहुने पनि स्पस्ट पारे ।

तनहुँ क्षेत्र नम्बर–१ मा सोमबार आयोजित एक कार्यक्रममा पौडेलले भने–‘नेपाली कांग्रेसले हरेक संक्रमणकाललाई व्यवस्थित गरेको छ । संविधान, कानुन र प्रक्रिया बेगर जथाभावी कांग्रेसजस्तो जिम्मेवार पार्टी मुलुकलाई अलपत्र छोडेर हिँड्दैन । कानुन र विधानमा व्यवस्था भएअनुसार नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कांग्रेस तयार छ । त्यसका लागि संसदले पूर्णता पाउनुपर्‍यो ।’

उनले आफू स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर तनहुँको विकासका लागि काम गर्न सधैं तयार रहेको बताए ।

‘मेरो राजनीतिमा १५ वर्ष जेल बसाइँको उद्देश्य सिंहदबारको अधिकार गाउँगाँउमा पुर्‍याउने थियो । त्यसको अभ्यास सुरु भएको छ । अब यही अधिकारको प्रयोग गरेर गाउँबाट बरालिएको मान्छेको मनलाई फेरि गाँउमा फर्काउन जरुरी छ’–उनले भने ।

वरिष्ठ नेता पौडेलले कांग्रेसलाई अब ‘करेक्सन’ गरेर चुस्त संगठन बनाउन लाग्ने बताए ।

उनले भने–‘पार्टीमा करेक्सन आवश्यक छ । अब कांग्रेसमा दुःख पाएकाले न्याय पाउछन् र क्षामता भएकाले अवसर पाउछन् भन्ने सन्देश दिन जरुरी छ ।’

पौडेलले अब राजनीतिलाई सम्मानित बनाउन र राजनीतिमा भ्रष्टीकरण रोक्न आवश्यक रहेको टिप्पणी पनि गरे ।