दिपायल, राजपुर, पिपल्ला, सिलगढीलगायतका स्थानमा हातहातमा थाल बजाउँदै डोटेली सडकमा उत्रेका छन् । संघर्ष समितिले आन्दोलनको दशौं दिन शुक्रबार थाल जुलुस निकालेको हो । आन्दोलनकारीहरु घर–घरबाट थाल बजाउँदै सडकमा निस्किएका छन् । सरकारले ‘आफूहरुको थालको खाना अरुलाई बाँड्ने कुचेष्टा नगरोस् भनेर जनताहरु थाल बजाउँदै जुलुसमा निस्किएको’ आन्दोलका संयोजक एवं डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र…