
दिपायल, राजपुर, पिपल्ला, सिलगढीलगायतका स्थानमा हातहातमा थाल बजाउँदै डोटेली सडकमा उत्रेका छन् ।
संघर्ष समितिले आन्दोलनको दशौं दिन शुक्रबार थाल जुलुस निकालेको हो । आन्दोलनकारीहरु घर–घरबाट थाल बजाउँदै सडकमा निस्किएका छन् ।
सरकारले ‘आफूहरुको थालको खाना अरुलाई बाँड्ने कुचेष्टा नगरोस् भनेर जनताहरु थाल बजाउँदै जुलुसमा निस्किएको’ आन्दोलका संयोजक एवं डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए ।
डोटीमा शुक्रबार पनि प्रहरी, एम्बुलेन्स, प्रेसबाहेकका सवारी–साधनहरु पूर्णरुपमा बन्द गरिएको छ ।
बजार, पसल, सरकारी कार्यालय, गैह्रसरकारी संघ–संस्थाहरु, शिक्षण संस्थालगायत सबै बन्द रहेका छन् । आन्दोलनकारीहरुले प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्