‘कांग्रेससँग तालमेल गर्नु नै पराजयको कारण’ • Image Khabar Image Khabar


‘कांग्रेससँग तालमेल गर्नु नै पराजयको कारण’


Imagekhabar
२० पुष २०७४, बिहीबार २०:२०

‘कांग्रेससँग तालमेल गर्नु नै पराजयको कारण’

पार्टी प्रवक्ता भुवन पाठककाअनुसार बैठकमा बोलेका नेताले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमामात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम् मतसीमा प्राप्त गर्न नसकेको विचार व्यक्त गरे ।

बुधबारदेखि जारी बैठकमा अहिलेसम्म ५८ नेताले धारणा राखेको र केही नेताले बोल्न बाँकी रहेकाले शुक्रबार बिहान ९ बजेसम्म बैठक स्थगित गरिएको छ ।

पार्टी विभाजन तथा आन्तरिक कलहका कारणले पनि जनताले पार्टीप्रति विश्वास कम गरेको र विभिन्न शीरामा विभाजित राप्रपामा मत बाँडिएको, पछिल्लोपटक पार्टी सरकारमा सहभागी हुनुका कारण पनि पराजय भोग्नुपरेको समीक्षा गरिएको छ ।

सबै नेताले धारणा राखेपछि पार्टी अध्यक्ष कमल थापाले शुक्रबार जवाफ दिने कार्यक्रम तय गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्