२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दिपायलमा प्रदेश राजधानी माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


0
Shares

डोटी प्रदेशसभा ‘क’बाट निर्वाचित सांसद भरतबहादुर खड्का, नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवा, राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष लालबहादुर कठायतलगायतको टोलीले प्रधानमन्त्रीलाई काठमाडौंमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले औचित्य र सबैको भावनालाई कदर गर्दै प्रदेशको राजधानीका विषयमा निर्णय लिइने बताएको प्रदेश सांसद खड्काले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले राजधानीका विषयमा भइरहेका आन्दोलन र नागरिकको धारणाका विषयमा पनि जिज्ञासा राखेको उनले बताए ।

प्रदेश राजधानी माग गर्दै दिपायलमा १० दिनदेखि आन्दोलन जारी छ ।