काठमाडौं, चैत २२ । व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलको विधान परिमार्जन गर्ने निर्णयलार्ई केन्द्रीय समितिले स्वीकृत गरेको छ । नयाँ राजनीतिक परिवेशअनुसार संसदीय दलको नयाँ निर्वाचन गर्न संसदीय दलले सोमबार बिहान गरेको विधान संशोधनलाई सोमबारै दिउँसो बसेको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको हो । दलको विधानमा गरिएको मुख्य संशोधनमा अन्तरिम संविधान, २०६३…