कालोबजारीविरुद्ध विद्यार्थीहरु आन्दोलित, जस्तोसुकै कारबाहीमा उत्रने चेतावनी • Image Khabar Image Khabar


कालोबजारीविरुद्ध विद्यार्थीहरु आन्दोलित, जस्तोसुकै कारबाहीमा उत्रने चेतावनी


Imagekhabar
१९ चैत्र २०७२, शुक्रबार १३:०९

कालोबजारीविरुद्ध विद्यार्थीहरु आन्दोलित, जस्तोसुकै कारबाहीमा उत्रने चेतावनी

काठमाडौं, चैत १९ । कालोबजारी र निरन्तर बढिरहेको महंगीविरुद्ध विद्यार्थीहरु आन्दोलित भएका छन् ।

संयुक्त विद्यार्थी संगठनले शुक्रबार राजधानीमा कालोबजारीविरुद्ध प्रदर्शन गरेका हुन् ।

आरआर क्याम्पसबाट सुरु भएको विरोधजुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले कालोबजारीका कारण सर्वसाधारणको दैनिकी चौपट बनेको भन्दै अब विद्यार्थीहरु मिलेर कालोबजारीहरुलाई लखेट्ने बताइन् ।

त्यस्तै, नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले कालोबजारी नियन्त्रण गरी तत्काल जनतालाई राहत दिन सरकारसँग माग गरे ।

अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङले राज्यले कालोबजारी नियन्त्रण गर्न नसक्ने हो भने आफूहरु जस्तोसुकै कारबाहीमा उत्रने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्