अधिकारका नाममा दलहरुबीच अराजकता र विचलन आइरहेको छः अध्यक्ष दाहाल • Image Khabar Image Khabar


अधिकारका नाममा दलहरुबीच अराजकता र विचलन आइरहेको छः अध्यक्ष दाहाल


Imagekhabar
२१ चैत्र २०७२, आईतवार ०७:०८

अधिकारका नाममा दलहरुबीच अराजकता र विचलन आइरहेको छः अध्यक्ष दाहाल

काठमाडौं, चैत २१ । एकीकृत माओवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकारको खोजीको नाममा दलहरुबीच अराजकता र विचलन आइरहेको बताएका छन् ।

पशुपति क्षेत्र विकास कोष कर्मचारी संगठको चौथो अधिवेशनमा अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय समुदायमा मुलुकको आत्मसम्मान यथावत राख्न सबै पक्ष सचेत हुनुपर्नेमा उनले जोड दिए ।

धार्मिक पर्यटनको क्षेत्रमा निकै सम्भावना बोकेको नेपालले विशेष गरी यस क्षेत्रको विकासका लागि गुरु योजना बनाउनु जरुरी रहेको उनले औंल्याए ।

उनले विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ मन्दिर भौगोलिक दृष्टिले मात्र नभई सबै आस्थाको धरोहर रहेकाले यसको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले मन्दिरको विकासका लागि कोष निरन्तर लागि पर्ने बताउँदै नयाँ गुरु योजनाका साथ अघि वढ्ने लक्ष राखिएको जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्