माओवादी केन्द्रको केन्द्रीय कार्यालयले प्रदेश नम्बर ६ लाई बिहीबार परिपत्र गर्दै वाम गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएका पोलिटब्युरो सदस्यत्रय उमाकान्त शर्मा, छक्कबहादुर लामा र भीमप्रकाश शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । तीनै जनाले वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दर्ता गराएको र फिर्ता लिन आग्रह गर्दासमेत अटेर गरेको हुँदा कारबाही…