राष्ट्रियसभाको उपाध्यक्षमा शशीकला दाहाल निर्वाचित • Image Khabar Image Khabar


राष्ट्रियसभाको उपाध्यक्षमा शशीकला दाहाल निर्वाचित


Imagekhabar
४ चैत्र २०७४, आईतवार १७:१४

राष्ट्रियसभाको उपाध्यक्षमा शशीकला दाहाल निर्वाचित

संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार भएको निर्वाचनमा दाहाल ४५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । दाहालकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बिन्दा देवी आले रानाको पक्षमा ११ मत आएको थियो ।

राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये ५६ जना मतदानमा सहभागी थिए ।

मतदानमा कांग्रेसका मुक्ताकुमारी यादव र दुर्गा उपाध्याय अनुपस्थित रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

मतदानमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी भएनन् ।

उपाध्यक्षमा निर्वाचित भएपछि दाहालले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा योगदान पुर्‍याउने प्रतिक्रिया दिइन् ।

दाहाल माओवादी केन्द्रको तर्फबाट प्रदेश २ बाट प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् ।

राष्ट्रियसभाको अर्को बैठक आगामी १३ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्