१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


‘निर्वाचन वर्ष २०७४’ को सम्पूर्ण चक्र पूरा (भिडियो)


0
Shares

संविधान कार्यान्वयन र संघीयतालाई संस्थागत गर्न निर्वाचन प्रक्रिया कोशेढुंगा सावित भएको छ । संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ को कार्यान्वयनका लागि निर्वाचनले महत्वपूर्ण भूमिका खेलेको निर्वाचन आयोगको ठहर छ ।

निर्वाचन वर्षको रुपमा समेत परिचित २०७४ सालमा स्थानीय, प्रतिनिधि र प्रदेश, राष्ट्रियसभा, राष्ट्रपति, उपराष्ट्रपति लगायतको निर्वाचन सम्पन्न गराई निर्णय घोषणा गर्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

स्थानीय निर्वाचन वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न भए । यसैगरी मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गरिएको थियो ।

माघ २४ गते राष्ट्रियसभा, फागुन २९ गते राष्ट्रपति र चैत ४ गते उपराष्ट्रपतिको निर्वाचनको परिणाम समेत घोषणा गरिएको छ ।

अस्थिरताको बाबजुद पनि दलहरुको सुझबुझ,सर्वपक्षीय सहयोगले निर्वाचन सफल हुन पुगेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्