
अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति पुनलाई दोस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराउने भएकी हुन् ।
निर्वाचन आयोगले पुनलाई आइतबार उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । उपराष्ट्रतिमा पुनको यो दोस्रो कार्यकाल हो ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई दोहो¥याउने वाम गठबन्धनका प्रमुख दुई नेताले सहमति गरेका थिए । सोही अनुसार राष्ट्रपतिमा भण्डारी निर्वाचित भइसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस्