माडीको बाँदरझुला जाने क्रममा अध्यक्ष प्रचण्डले स्मारकमा पुगी श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सोही बाटो भएर बाँदरझुला जानुपर्र्ने भएपछि प्रचण्ड पहिलो पटक गाडीबाट झरेर बाँदरमुढे घटनास्थलमा पाईला टेकेका हुन् । विं.स.२०६२ साल जेठ २३ गते बिहान यात्रुले खचाखच भरिएको बस तत्कालिन नेकपा माओवादीको विद्युतीय धरापमा पर्दा ३९ जनाले बाँदरमुढे खोलामा ज्यान गुमाएका थिए भने ७५…