
बिहीबार काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा नेता सापकोटाले आगामी जेठ १ गतेभित्रै दुई पार्टीबीच एकता हुने बताए ।
धेरै विषयमा सहमति भइसकेको र केही कुरामात्र मिल्न बाँकी रहेकाले दुवै पार्टीका अध्यक्षहरु विवादित विषय टुंगो लगाउन सक्रियतापूर्वक लागिपरेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सरकार अधिनायकवादतर्फ लम्केको भन्दै कांग्रेसले खबरदारी गर्ने बताए ।
सरकारका गलत क्रियाकलापविरुद्व कांग्रेस डटेर लाग्ने उनको चेतावनी थियो ।
प्रतिक्रिया दिनुहोस्