अध्यक्ष ओली र दाहालबीचको वार्ता विना निष्कर्ष टुङ्गियो • Image Khabar Image Khabar


अध्यक्ष ओली र दाहालबीचको वार्ता विना निष्कर्ष टुङ्गियो


Imagekhabar
६ बैशाख २०७५, बिहीबार १३:५३

kp oli prachanda primeminister NCP

काठमाडौं, बैशाख ६ । पार्टी एकताका सम्बन्धमा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच आज भएको वार्ता पनि विना निष्कर्ष टुङ्गिएको छ ।

विवादित तीन विषय टुंग्याउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास वालुवाटारमा विहान झण्डै ३ घण्टा एक्लाएक्लै वार्ता भएको थियो ।

जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र पदीय बाँडफाँटका विषयमा समान धारणा बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल वार्ता बसेका थिए ।

एकता संयोजन समितिको बैशाख ४ गतेको बैठकले विवादित विषय टुङ्ग्याउने जिम्मा दुई शीर्ष नेतालाई दिएपछि उनीहरुबीच आज वार्ता भएको हो ।

शीर्ष नेताबीच विवादित विषयमा सहमति जुटेपछि मात्र एकता संयोजन समितिको बैठक बोलाउने निर्णय ४ बैशाखमा भएको थियो ।

उनीहरुबीच विवादित विषयमा अझै सहमति नजुटेपछि एकता सयोजन समितिको बैठकको आज पनि टुंगो लाग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्