सात प्रदेशमध्ये धेरै सांसद (११० सदस्य) भएको प्रदेश नम्बर–३ को प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य डोरमणि पौडेलले बिहीबार हेटौंडामा बैठक प्रारम्भ गरेका थिए । प्रदेशप्रमुख अनुराधा कोइरालाबाट प्राप्त पहिलो अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएपछि दलका सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखे । छलफलमा भाग लिँदै नेकपा एमालेका अष्टलक्ष्मी शाक्यले जनताले राजनीतिक स्थिरता,…