
काठमाडौं, असार २७ । स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले जुम्लामा अनशनरत् प्रा. डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेकी छन् ।
बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार डा. केसीको मागप्रति संवेदनशील रहेको बताइन् ।
डा. केसीका मागहरुमाथि सूक्ष्म विश्लेषण गरी छलफल गरिने मन्त्री अर्यालको भनाइ छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले लोकतन्त्रमा हठले नभइ आपसी छलफलबाट समाधान खोज्नुपर्ने बताए ।
यस्तै, नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको सधैं आफूमात्रै ठीक भन्ने सोच अधिनायकवाद भएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्