६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


समृद्धि र विकासको आधार सिर्जना हुनेगरी प्रभावकारी काम गर्न प्रधानमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालय र सचिवहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार मन्त्री र सचिवहरुलाई संयुक्तरुपमा बोलाएर प्रधानमन्त्री ओलीले समृद्धि र विकासको आधार सिर्जना गर्नेगरी प्रभावकारी सेवा दिन निर्देशन दिए ।

गत जेठ २१ गते प्रधानमन्त्री ओलीले मन्त्रीहरु र सचिवहरुको संयुक्त बैठक गरेर आगामी साउन १ गतेदेखि नै बजेट पूर्णरुपले कार्यान्वयनमा जानेगरी लिखित कार्ययोजना प्रस्तुत् गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीको सोही निर्देशनबमोजिम मन्त्री र सचिवहरुले बैठकमा बजेट प्रभावकारी कार्यान्वयनका लागि आफूले बनाएका योजना प्रस्तुत् गरेका थिए ।

बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सबै मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।