२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


डा. गोविन्द केसीका माग हुबहु कार्यान्वयन हुँदैन : दाहाल


0
Shares

राजु चौधरी (इमेज)

चितवन, असार २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले डा. गोविन्द केसीका माग हुबहु कार्यान्वयन नहुने बताएका छन् ।

बिहीबार भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैले भनेकै भरमा सबै माग सम्बोधन हुन नसक्ने बताए ।

अध्यक्ष दाहालले सार्वभौम अधिकारसम्पन्न संसदभन्दामाथि कोही पनि नहुने भन्दै कोही व्यक्तिले यो या त्यो गर भनेर निर्देशित गर्न नहुने तर्क गरे ।

चिकित्सा शिक्षा विधयकबारे अन्तिम फैसला संसदले गर्ने उनले बताए ।

डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्न र वार्ता गर्न शिक्षामन्त्रीलाई निर्देशन दिइएको उनको भनाइ छ ।

गंगामाया अधिकारीका छोरा कृष्णप्रसादको हत्यामा संलग्न भएको आरोप लागेका छविलाल पौडलले अदालतको सम्मान गर्दै आत्मसमर्पण गरेर सकारात्मक भूमिका खेलेको टिप्पणी अध्यक्ष दाहालको थियो ।

अर्को एक प्रसंगमा कुनै एक प्रदेशको राजधानी अर्को जिल्लामा सार्दा सबैतिर सार्ने हल्ला चल्ने हुँदा प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेश सरकारलाई दिइएको उनले उल्लेख गरे ।

चितवनवासी भएको नाताले चितवनमा नै प्रदेश राजधानी हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ थियो ।

चितवनसहित सिंगो राष्ट्रको विकासका लागि आफूहरुले ध्यानकेन्द्रित गरेको भन्दै अध्यक्ष दाहालले राष्ट्रलाई समृद्धितिर नलगे उपलब्धि संस्थागत गर्न नसकिने बताए ।