निर्वाचनको समीक्षा र समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले एकताबद्ध भइ अघि बढ्न नसकेकाले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा राम्रो परिणाम नआएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । उनीहरुले पार्टीका भ्रातृसंगठनहरु प्रभावकारीरुपमा परिचालन गर्न नसकेकोमा नेतृत्वको ध्यानाकर्षण गराए । नेताहरुले नेपालको संविधान र क्षेत्राधिकारभन्दा बाहिर गइ युरोपेली युनियनले…