दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति नजिकिएसँगै भ्रमणका एजेन्डा बारे चर्चापरिचर्चा सुरु भएका छन् । प्रधानमन्त्री ओलीको भ्रमण मिति र समयतालिका निश्चित भए पनि एजेन्डा भने तय हुन बाँकी छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणको एजेण्डा तयारी भइरहेको जनाएको छ । विगतमा हरेका प्रधानमन्त्रीको भारत…