Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद कसरी सुल्झिएला ! (भिडियो)


0
Shares

काठमाडौं, असोज १४ । पार्टी एकता भएको ५ महिना नबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र तिव्र विवाद उत्पन्न भएको छ । पार्टीभित्र मात्र सीमित रहेको विवाद वरिष्ठ नेता माधवकुमार नेपालले गत शुक्रबार स्थायी समितिका सदस्यहरुको भेला बोलाएपछि सतहमा आएको हो ।

यद्यपि विवाद सैद्धान्तिक भन्दा पनि नेताहरुबीच पद र प्रतिष्ठाले उत्पन्न गरेकोमा शंका छैन ।

असोज ५ गते नेकपा सचिवालयले प्रदेश कमिटीको घोषणा गरेसँगै पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच सुरु भएको विवाद आरोप–प्रत्यारोपको तहसम्म पुगेको छ । नेतृत्वले सहमतिविपरित एकलौटी रुपले प्रदेश कमिटीको घोषणा गरेको भन्दै उक्त निर्णयलाई नमान्ने सार्वजनिक रुपमै नेता नेपालले चेतावनी दिएका छन् ।

उनले आफ्नो असहमतिलाई लिखित रुपमै पार्टी महासचिव विष्णु पौडेललाई जानकारी गराएका छन् । तर, पार्टी अध्यक्ष केपी ओलीले सचिवालयको निर्णयबाट सहमतिमा कमिटी घोषणा भएको जिकिर गर्दै सचिवालयको निर्णयमा आपत्ति जनाउनुको कुनै तुक नरहेको टिप्पणी गरेका छन् ।

पार्टीभित्रको विवादलाई लिएर शीर्ष नेताहरुबीच नै वाकयुद्ध सुरु भएको छ । नेकपाभित्रको विवाद सैद्धान्तिकभन्दा पनि पद र प्रतिष्ठा केन्द्रीत रहेको देखिन्छ । तर, स्थायी कमिटी सदस्य बेदुराम भुसालले विवाद पद र प्रतिष्ठा केन्द्रीत नभएको दावी गरेका छन् ।

अध्यक्ष ओली निकट नेकपाका नेता राजन भट्टराईले पार्टीभित्रको विवाद अध्यक्षद्वय स्वदेश फर्किएपछि सहजै रुपले समस्या समाधान हुने दावी गरे ।

नेकपाभित्र देखिएको विवाद कस्तो हो ? कसरी समाधान होला ! 

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्