२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


सबै नेपालीलाई शान्ति र अहिंसाको बाटोमा ल्याउनुपर्नेमा जोड


0
Shares

काठमाडौं । सबैखाले विचार र सिद्धान्तका मानिसहरुलाई शान्ति र अहिंसाको बाटोमा समाहित गरेर लैजानुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा गान्धी अध्ययन तथा शान्ति केन्द्रले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने बक्ताहरुले नेपालमा कांग्रेस मात्र नभइ सबै राजनीतिक दलमा आस्था राख्ने ब्यक्तिहरुलाई अहिंसा र शान्तिको बाटोमा ल्याउनुपर्ने औंल्याएका हुन् ।

कांग्रेस नेता तथा चिन्तक प्रदिप गिरीले आत्मसम्मानका साथ बाँच्नुहोस भन्ने नै गान्धीको केन्द्रीय शिक्षा रहेकाले उनले अंगालेको बाटोमा सबै हिंडनुपर्ने सुझाए ।

उनले माक्र्सका नामबाट २० औं शताब्दीमा जुन उथलपुथल आएको थियो त्यसैगरी गान्धीका नामबाट २१ औं शताब्दीमा उथलपुथल आउने दावी गरे ।

गान्धी अध्ययन तथा शान्ति केन्द्रका पूर्व अध्यक्ष दमनाथ ढुंगानाले शान्ति र अहिंसाको माध्यमबाट मात्र दिगो विकास हुने औंल्याए ।

केन्द्रका अध्यक्ष दिप कुमार उपाध्ययले गान्धीको अहिंसा र शान्तिको बाटो आगामी दिनमा पनि उत्तिकै सान्दर्भिक हुने भएकाले सबैले यही मार्गमा हिड्नुपर्ने बताए ।

केन्द्रकी कोषाध्यक्ष नानु बाँस्तोलाले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष राजु नेपाल, इन्जिनियर सत्यनारायण शाहले महात्मा गान्धीको दर्शन र आदर्शलाई विश्वभर फैल्याउनु पर्ने बताए ।

सोही अवसरमा महात्मा गान्धीको विचार र आदर्शको बाटोलाई नेपालमा प्रचार तथा प्रवद्र्धन गर्दै सबै विचार र आस्था भएका नेपालीहरुलाई अहिंसाको बाटोमा ल्याउन गान्धी अध्ययन तथा शान्ति केन्द्रले प्रयास जारी राखेको कोषाध्यक्ष बाँस्तोलाले जानकारी गराइन् ।