तारा भुसाल (इमेज)
गुल्मी, असोज १३ । गृहमन्त्री रामबहादुर थापाले सरकारलाई घेराबन्दी गर्ने षडयन्त्र भइरहेको दाबी गरेका छन् ।
शुक्रबार गुल्मीको तम्घासमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले सुशासन र समृद्धिका लागि काम गरेको भएपनि सरकारविरुद्ध घेराबन्दी गर्ने र सरकार गिराउने षडयन्त्र भइरहेको जिकिर गरे ।
भ्रष्टाचारी, बलात्कारी, तस्कर र ठगहरुलाई कारबाही गरिरहेको हुनाले त्यसका विरोधीहरु जुर्मुराइरहेको उनको भनाइ थियो ।
जनस्तरमा बलात्कारीलाई मृत्युदन्ड दिनुपर्ने माग उठेको बताउँदै उनले जनता र सरकार मिलेरमात्रै बलात्कारी र अपराधीलाई कठोरभन्दा कठोर सजाय दिन सकिने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्