पाँचथरको फिदिममा पत्रकारहरुसँग मन्त्री शर्माले वैशाखसम्ममा स्थानीय तहको निर्वाचन हुने बताए । चुनावका लागि निर्वाचन आयोगसमेत तयारीमा जुटिसकेकाले चाँडै निर्वाचन मिति घोषणा हुने उनले बताए । निर्वाचनसँगै संविधान कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको उनको भनाई छ । कावेली कोरिडोर क्षेत्रको निरीक्षणमा पुगेका मन्त्री शर्माले मन्त्रालयबाट संचालन गरिएको उज्यालो नेपाल अभियानलाई सघाउन सबैसँग आह्वान गरे ।